मालिकामा बेसारको ‘ब्रान्डिङ’

मालिकामा बेसारको ‘ब्रान्डिङ’


तम्घास- गुल्मीको मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरुआत गरिएको छ । 

मालिका –२ दर्लिङमा बेसारको ‘प्याकेटिङ’ गरी बिक्रीवितरण गर्न थालिएकोे हो । 

जनविकास केन्द्रद्वारा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजनाअन्तर्गत गठन भएको दिदीबहिनी कृषि तथा पशु विकास महिला सहकारीले बेसारको उत्पादन गरी बिक्री वितरण गरिरहेको हो । 

परियोजनाले उपकरण र अन्य उपकरण सहयोग गरेपछि महिलाहरुले बेसार उद्योग सञ्चालन गरेका हुन् । अहिले बेसारको मूल्य प्रतिकेजी ४०० रुपैयाँ रहेको परियोजना संयोजक बाबुराम पन्थीले बताए । सहकारीमा हाल मालिका १, २ र ३ का महिलाहरु आबद्ध छन् । 

सहकारीले बेसारका साथसाथै स्थानीय उत्पादन आटो, पिठोलगायतका खाद्यान्न पनि बिक्री वितरण गर्ने लक्ष्य राखेको छ । 

हाल परियोजनाले मालिका गाउँपालिकामा कृषि र पशुसम्बन्धी उत्पादन र उत्पादकत्वसम्बन्धी काम गर्दै आएको परियोजना संयोजक पन्थीले बताए ।