काठमाण्डु- बुधबार सेयर बजार उकालो लागेको छ । यसदिन नेप्से ८ अंक बढेर परिसुचक २६४७ अंकमा कायम भएको छ ।
यसदिन कारोबार रकम पनि बढेको छ । मंगलबार ५ अर्ब ५५ करोडको कारोबार भएकोमा आज ६ अर्ब १४ करोडको भयो ।
यसदिन १७० कम्पनीको मूल्य बढ्यो भने १०१ को घट्यो । त्यस्तै ८ कम्पनीको मूल्य स्थिर रह्यो ।
कारोबार रकमका आधारमा यसदिन हिमालय ऊर्जा विकास कम्पनी, कुमारी बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, एनआईसी एसिया बैंक अगाडि रहे ।
आज मुक्तिनाथ कृषि कम्पनीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो भने हिमालय ऊर्जा विकासको ८ प्रतिशत बढ्यो । यस्तै सहकार्य लघुवित्तको मूल्य ३ प्रतिशतले घट्यो ।
यसदिन बैंकिङ समूह ०.२४, फाइनान्स ०.०७, जलविद्युत् ०.८८, लगानी ०.४०, जीवन बीमा ०.५१, निर्जीवन बीमा ०.१०, अन्य ०.१२ तथा व्यापार ०.५० प्रतिशत बढे ।
माइक्रोफाइनान्स ०.०९, होटल तथा पर्यटन ०.०४ र उत्पादन तथा प्रशोधन समूह ०.३६ प्रतिशत घटे ।



प्रतिक्रिया