अन्तरास्ट्रिय

ब्राजिलमा बाँध भत्किँदा ज्यान गुमाउने सङ्ख्या १५० पुग्यो

एजेन्सी –  ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइजमा गत जनवरी २५ मा बाँध भत्किदाँ बेपत्ता भएका व्यक्तिका थप शवहरु फेला परेका छन् । ती समेत गरी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १५० पुगेको बताइएको छ ।

dish home

उक्त दुर्घटनामा परी अझै पनि १८२ व्यक्ति वेपत्ता रहेका यहाँको प्राकृतिक प्रकोप विभागले जानकारी दिएको छ । यस घटानामा ज्यान गुमाउने र वेपत्ता भएका व्यक्तिको पछिल्लो विवरण नागरिक प्रतिरक्षा निकायले बुधबार सार्वजनिक गरेको बताइएको छ ।

यसअघि दिइएको जानकारीअनुसार करिब ३०० व्यक्ति हराइरहेका थिए । बेपत्ता भएका व्यक्तिका शवहरु फेला परेपछि सो सङ्ख्या १५० पुगेको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । यस घटनामा फसेका करिब १९२ व्यक्तिलाई जिवीतै उद्धार गरिएको मिनास गेरेइज राज्यमा नागरिक प्रतिरक्षा विभागमा प्रवक्ता फ्भिओ गडइनडोले बताएकाक छन् ।

बाँध भत्किएका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा यस शहरका करिब ३९ हजार जनसङ्ख्या प्रभावित भएका छन् । बाँध भत्किएको यस इलाकामा करिब ४ सय उद्धारकर्ता लगातार उद्धारकार्यमा लागिपरेका बताइएको छ । उद्धार प्रयास निरन्तर भइरहेको भए तापनि घटनामा परेका व्यक्तिहरू जिवितै उद्धार गर्ने आशा झिनो बन्दै गएको मिनासका गभर्नर रोमेउ जेमाले सञ्चारकर्मीलाई बताउका छन् ।

यहाँको एक ठूलो बाँध फुटेर एक्कासी ठूलो मात्रामा शहर र नजिकैको बस्ती, सडक, तरकारी तथा अन्य बालीमा पसेको थियो । त्यस बाढीले केहीलाई बगाएको र कतिपय डुबेर पुरिएका थिए । यस बाँधका कारण निकै ठूलो संख्याका नागरिक प्रभावित भएका अधिकारीले जनाएका छन् । सिन्ह्वा

Comments

comments

Tags

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top