ब्राजिलमा कोरोना संक्रमण पुनः बढ्यो, २४ घन्टामा १ हजार ४५६ जनाको मृत्यु


काठमाण्डु – ब्राजिलमा पछिल्लो २४ घन्टामा कोभिड १९ संक्रमणबाट एक हजार ४५६ जनाको मृत्यु भएको छ ।

कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएका देशहरुमध्ये एक रहेको ब्राजिलमा शनिबार एक हजार ४५६ जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणबाट ज्यान गुमाउने नागरिकको संख्या ५ लाख ४० हजार ५८८ जना पुगेको छ ।

त्यसैगरी कोभिडबाट संक्रमित हुनेको संख्या पनि गएको २४ घन्टामा करिब ४५ हजार जना रहेको छ । यो सँगै ब्राजिलमा कोभिडबाट संक्रमित हुनेको संख्या १ करोड ९३ लाख भन्दा बढी रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

ब्राजिलमा दुई महिना अघि कोभिडका संक्रमितहरु घटेको भए पनि अहिले अर्थात् पछिल्ला केही महिनामा भने यो संख्या बढ्दै गएको देखिएको छ । सरकारले कोरोना भाइरसका विरुद्धको खोपलाई प्राथमिकतामा राखेर नागरिकहरुलाई खोप दिने कामलाई देशव्यापी अभियानका रुपमा सञ्चालन गरेको छ ।

ब्राजिलको साओ पाओलो शहर सबैभन्दा बढी संक्रमणमा परेको शहर हो । ब्राजिलमा हरेक एक लाखजना संक्रमितहरुमा २५७ जनाको निधन भएको तथ्यांकले देखएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement