यसरी रमाउँदै छ ब्राजिलको टीम, नेइमारको चर्तिकला (भिडियोसहित)


काठमाडौं – भोलीदेखि शुरु हुने विश्वकप फुटबल खेल्नका लागि अहिले ब्राजिलको टोली रुसमा छ । विश्पकपको उपाधि जिन्ने बलियो सम्भावनाका रुपमा लिइन्छ ब्राजिललाई ।

पाँच पटक उपाधि जितिससकेको ब्राजिल यसपटक पनि जित्ने दाउमा छ । यो टोलीमा विश्वका महंगा खेलाडी नेइमार छन् । उनको कप्तानीमा ब्राजिलले खेल्ने छ । अहिले ब्राजिलको टीम प्रशिक्षणमा ब्यस्त छ । यो टीमसँग अधिकांश युवा खेलाडी छन् । खेलमा तनाव र दबाब आउँछ । यति हुँदाहुँदै पनि ब्राजिलका खेलाडी भने रमाइलो गर्न छुटाउँदैनन् ।

उनीहरु प्रशिक्षणका अलवा अनेक रमाइलो पनि गरिरहेका छन् । टिमकै साथी खेलाडीमाथि विभिन्न उट्पट्याङ्ग गरेर रमाइलो गरिरहेका हुन्छन् उनीहरु । यसमा सबैभन्दा अघि तम्सिन्छन् कप्तान नेइमार नै । मंगलबार ब्राजिलियन टोली रुसमा प्रशिक्षण गर्दै थियो । प्रशिक्षणबाट केहीबेर मैदानमै सबै सुस्ताइरहेका थिए ।

उनका निकै मिल्ने साथी र ब्राजिलियन टिमका खेलाडी फिलिप कोन्टिन्हो अरु साथी खेलाडीसँग कुरा गर्दै थिए । नेइमारले पछिबाट गएर उनको टाउकोमा अण्डा फुटाए । त्यसपछि गाब्रिएल जिसससहितका अरु खेलाडीले पनि कोन्टिन्होको टाउकोमा अण्डा फुटाए । शरीरमा पिठो दले । टिमका अरु खेलाडीमा पनि त्यो उपध्रो भयो ।

त्यसपछि पालो आयो नेइमारको । नेइमारका दुवै हात मार्सेलोले समाते अर्का खेलाडीले आएर उनको टाउकोमा अण्डा फुटाए । रमाइलो गरे । ब्राजिलियन टोली रुसमा रामाइलो गर्दै प्रशिक्षणमा छ ।विश्वकपका लागि समूह ई मा रहेको ब्राजिलले आफ्नो पहिलो खेलमा जुन १७ मा स्वीट्जरल्याण्डसँग खेल्नेछ ।

यो टिममा सर्बिया र कोस्टारिका पनि छन् । खासमा मंगलबार कोन्टिन्होको जन्मदिन थियो । विश्वकपका लागि रुस भएकाले जन्मदिन टिमका साथीहरुसँग प्रशिक्षण गरेर मनाउनु र्पयो उनले । नेइमारले मिल्ने साथी कोन्टिन्होलाई जन्मदिनमा खुशी बनाउने उपायको रुपमा यो प्रयांक गरेका हुन् । टाउकोमा अण्डा फुटाए पनि, शरीरमा पिठो दले पनि कोन्टिन्हो निकै खुशी देखिन्थे । मंगलबारदेखि कोन्टिन्हो २६ वर्ष लागेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
Advertisement