विश्वकप फुटबलः अाजकाे पहिलो भिडन्त-ब्राजिल भर्सेस मेक्सिको, कसले मार्ला बाजी ?


एजेन्सी – विश्वकप फुटबल अन्तर्गत आज हुने पहिलो खेलमा पांच पटकको विजेता ब्राजिल र मेक्सिको भिड्ने छन् । ब्राजिल र मेक्सिकोबीचको खेल सामरा एरिना रंगशालामा सांझ पौने ८ बजे सुरु हुनेछ ।

समूह ई मा रहेको ब्राजिल समूह विजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो । पहिलो खेलमा स्ट्जिरल्याण्डसँग १–१ गोलको बराबरीमा रोकिएको ब्राजिलले दोस्रो खेलमा कोष्टा रिकालाई २-० ले तथा अन्तिम खेलमा सर्वियालाई २-० ले हराएको थियो ।

धेरैको चांसो रहेको कुरा केछ भने आज ब्राजिल जित्ला कि नजित्ला रु यो प्रश्न धेरैलाई किन उब्जिएको हो भने यसअघि विजेताका दाबेदार मानिएका टिम घर फर्कि सकेका छन् । जर्मनी, अर्जे्न्टिना, पोर्चुगल तथा स्पेन अन्तिम आठमा नपुगेका अवस्थामा आज ब्राजिलको प्रदर्शन कस्तो रहला रु यो प्रश्न उत्सुकताकासाथ हेरिएको छ ।

यो पटक ब्राजिलका स्टार नेइमारले पनि खासै राम्रो पदर्शन गर्न सकेका छैनन् । यदि आज पनि नेइमारको प्रर्दशन कमजोर रह्यो भने ब्राजिल पनि छिट्टै घर नर्फेला भन्न सकिन्न ।मेक्सिको समूह एफ को उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो । समूहका खेलमा जर्मनी र दक्षिण कोरियालाई हराएको मेक्सिको स्वीडेनसंग भने पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement