ब्रेकअपबारे बोले शाहिद, भनेः सबै ब्ल्याक एन्ड ह्वाइट


एजेन्सी – बलिउडका अभिनेता शाहिद कपुरले आफ्नो ब्रेकअपबारे मुख खोलेका छन् । उनले चलचित्र कबिर सिंहको ट्रेलर लन्चका क्रममा शाहिदले ब्रेकअपसँग जोडिएको निजी अनुभव सेयर गरेका हुन् ।

उनलाई सोधिएको थियो, ‘के तपाईंको दिल टुटेको छ ?’ उनले भने, ‘उनी मेरो जीवनमा त्यो फेजमा भेटिइन्, फरक यति मात्र थियो, म ठीक रहन्थेँ । तर, मेरो दिल के भइरहेको छ, पत्तो पाउँदिनथेँ ।’ उनले मान्छेको दिल टुटेपछि केही कुरा पनि राम्रो नलाग्ने अनुभव सुनाए । उनले भनेका छन्, ‘यस्तो लाग्छ कि सबै ब्ल्याक एन्ड ह्वाइट फिल्मजस्तो हुन्छ ।’

शाहिद र करिना कपुरको अफेयर बलिउडको चर्चित लभस्टोरीमध्ये एक रह्यो । उनीहरूको भेट सन् २००४ मा फिदा फिल्मको सेटमा भएको थियो । सुटिङकै क्रममा उनीहरू नजिकिएका थिए ।

चार वर्ष प्रेममा रहेका उनीहरू सन् २००७ मा अलग भए । करिनाको सैफ अली खानसँग बिहे भयो भने शाहिदले मीरा राजपुतसँग बिहे गरे । दुवै अहिले सन्तानका अभिभावक भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement