मोरङ र सुनसरीका दुई कोरोना संक्रमितको विराटनगरमा मृत्यु


काठमाण्डु – मोरङ र सुनसरीका दुई कोरोना संक्रमितको विराटनगरमा मृत्यु भएको छ। विराटनगरको नोबेल मेडिकल कलेजमा सुनसरीको धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीया महिला र मोरङको बेलबारी नगरपालिका–११ का ४२ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो ।

बेलबारी नगरपालिका– ११ का ४२ वर्षीय पुरुषमा फोक्सो र मिर्गौला सम्बन्धी समस्या थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनी कात्तिक ५ गते अस्पताल भर्ना भएका थिए । सोही दिन बेलुका कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीया कोरोना संक्रमित महिला असोज २९ मा नोबेल मेडिकल कलेजमा भर्ना भएकी थिइन् । सोही दिन उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement