साथीको हत्या गरी फरार रहेका अभियुक्त ४ वर्षपछि पक्राउ


काठमाण्डु – साथीको हत्यामा गरी फरार रहेका अभियुक्त ४ वर्षपछि पक्राउ परेका छन् ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले मकवानपुरको मकवानपुर गढी गाउँपालिका–१ बस्ने २३ वर्षीय बुद्ध बोम्जनलाई पक्राउ गरेको हो ।

ललितपुर महानगरपालिका–९ गुहे पोखरीमा २०७६ साउन २८ गते उदयपुरको कटारी नगरपालिका–२ गुरास गाउँ घर भई बालकुमारीमा डेरा गरी बस्ने ३३ वर्षीय हरी खड्कालाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । खड्काले मूर्तिको काम गर्ने गरेका थिए ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मकवानपुरको मकवानपुर गढी–१ बाट पक्राउ गरी आवश्यक कानूनी कारवाहीका लागि उनलाई प्रहरी परिसर ललितपुर पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नकुल पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement