आजबाट उड्ने छैन बुद्ध एयरको एटीआर ४२ जहाज

आजबाट उड्ने छैन बुद्ध एयरको एटीआर ४२ जहाज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुद्ध एयरको एटीआर ४२–३२० ‘नाइन एन–एआईएन’ जहाजले ७० हजार उडान साइकल पूरा गरेको छ।

७० हजार उडान साइकल पूरा गरे सँगै बुद्ध एयरले उक्त जहाज उडाउन बन्द गरेको छ ।

सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाट व्यवसायिक उडान सुरु गरेको उक्त जहाजले मङ्गलबार बिहान अन्तिम माउन्टेन फ्लाइट गरेको छ ।

१६ वर्षको सेवापछि सो जहाज उडाउन बन्द गरेर ह्याङ्गरमा राखिएको छ ।

बुद्ध एयरमार्फत नेपाली आकाशमा नै ४० हजार टेकअफ ल्याण्ड गर्दै ७० हजार उडान साइकल पूरा गरेर बलियो आकृति बनाएको जहाजले नेपालमा १८ लाख यात्रुलाई सेवा दिएको छ।

एटीआर सन् १९८१ मा स्थापना भएको फ्रेन्च(इटालियन जहाज निर्माता कम्पनी हो। एटीआर ४२–३२० ‘नाइन एन–एआईएन’ ट्वीन टर्बोप्रप जहाज हो। ४७ जना यात्रु क्षमता रहेको यो जहाजमा ठूला ओभरहेड बिन्सका साथै आरामदायक क्याबिन रहेको छ।