बुद्धले ताेक्यो काठमाडौं-कोलकता भाडा, हजारमै ११ मै पुगिने


काठमाडौं – बुद्ध एयरले काठमाडौंबाट भारतको कोलकातासम्मको हवाइ भाडादर निश्चित गरेको छ । कम्पनीका अनुसार काठमाडौं–कोलकाता उडानको दुईतर्फी भाडा प्रतियात्रु २२ हजार रुपैयाँ लाग्नेछ ।

काठमाडौं–कोलकाता भाडादर १० हजार ४ सय ४० रुपैयाँ तोकेको कम्पनीले कोलकाता–काठमाडौं भाडा भने ११ हजार ५ सय ६० रुपैयाँ तोकेको छ ।

बुद्धका अनुसार कोलकातादेखि काठमाडौं भाडादर केही महङ्गो भएको छ । भारत सरकारले पर्यटक शुल्कमा बढी कर लिँदा महङ्गो पर्न गएको बुद्धका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए ।

उनका अनुसार कोलकाता उडानमा बुद्धले विभिन्न प्याकेजको व्यवस्था गरेको छ । गु्रपमा कोलकाता घुम्न जाने तथा तीर्थयात्रा गर्न जाने नेपालीलाई लक्षित गरी सस्तो दरमा घुमाउने व्यवस्था समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement