बौद्धमा लुटेरा नियन्त्रण लिने क्रममा गोली चल्यो


काठमाडौं – काठमाडौंको बौद्धमा लुटेरालाई नियन्त्रणमा लिने क्रममा गोली चलेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले लुटपाटमा संलग्न खुडे भनिने सिन्धुपाल्चोक, बाह्रबीसेका अमरबहादुर तामाङलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए ।

अमर खुट्टामा गोली लागी घाइते भएका छन् । प्रहरी वरिष्ठ उपरीक्षक सिंहका अनुसार घटनास्थलबाट एक कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली बरामद भएको छ । त्यसैगरी एक हजार २०० अमेरिकी डलर र आठ बिटा नक्कली नोटको आकारको कागजसमेत फेला परेको छ ।

अमरले गत जेठ २४ गते भक्तपुरमा ताप्लेजुङका वीरेन तामाङलाई डलर साटिदिन्छु भनी बोलाएर १९ लाख ६० हजार लुटेका थिए । उक्त रकम लुट्ने काममा चार जना रहेको जानकारी प्रवउ सिंहले दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement