आगामी आर्थिक वर्षमा १९ खर्बको बजेट ल्याउने सरकारको तयारी


काठमाण्डु- प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षका लागि १८ देखि १९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी रहेको बताएका छन् ।

शनिवार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै उनले १८ देखि १९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी भइरहेको बताएका हुन् । प्रधानमन्त्री दाहालको बजेट सिलिङ बनिसकेको र त्यसको तयारीमा आफू लागि परेको उनको भनाइ छ ।

‘बजेटको सिलिङ बनिसकेको त छ तर सिलिङ केही बढ्छ, अहिले त्यसको तयारी भइरहेको छ ।१८ खर्बको बजेट ल्याउने निश्चित भए पनि त्यसमा थप एक खर्ब बढ्न सक्छ । जनतालाई आशा र भरोसा बढाउने लोकप्रिय बजेट बनाउनका लागि आवश्यक तयारी गरिरहेका छौँ ।’, प्रचण्डले बैठकमा भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement