आज सातै प्रदेशको बजेट आउँदै, के–के छन् प्राथमिकतामा ?


काठमाण्डु – सातै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट ल्याउँदै छ । प्रदेश सरकारले असार १ गते नै बजेट ल्याउनुपर्ने कानूनी व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार सातै प्रदेश सरकारले असार १ गते आज बजेट ल्याउन लागेका हुन् । यसपटकको बजेटमा विशेषगरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको बुझिएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रण प्रदेशहरूको पनि प्राथमिकतामा परेको हो ।

प्रदेशहरूका नीति तथा कार्यक्रममा विकास निर्माणका गतिविधिहरू लगायतमा पनि बजेट केन्द्रीत रहने देखिएको छ । प्रदेश नम्बर १ मा आज अपरान्ह ३ बजे प्रदेश सभा बैठक छ । उक्त बैठकमा बजेट ल्उाउने तयारी भइरहेको छ ।

प्रदेश नम्बर २ मा आज अपरान्ह ४ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । बागमती प्रदेशमा अपरान्ह ३ बजे बस्ने प्रदेश सभा बैठकबाट बजेट आउने छ । यस्तै गण्डकीमा पनि आजै बजेट ल्याउने तयारी रहेको बताइएको छ ।

गण्डकीमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नै बजेट प्रस्तुत गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement