नयाँ बजेट लेखनका लागि अर्थ मन्त्रालयले बनायो ६ सदस्यीय समिति


काठमाण्डु – अर्थ मन्त्रालयले नयाँ बजेट लेखनका लागि ६ सदस्यीय समिति बनाएको छ ।

आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य तथा विधेयक निर्माणका लागि अर्थमन्त्री वर्षमान पुनले शुक्रबार समिति गठन गरेका छन् ।

मन्त्रालयका सहसचिव धनीराम शर्मा नेतृत्वको समितिमा सहसचिव अर्थ मन्त्रालयका सहसचिवहरू रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् । शर्मा आन्तरिक राजस्व विभागकी उपमहानिर्देशक हुन् ।

अर्थ मन्त्रालयको प्रवक्ताको जिम्मा उत्तरकुमार खत्रीलाई दिइएको छ । मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख खत्रीलाई जिम्मेवारी दिइएको छ ।

यसअघि मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा धनीराम शर्मा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement