संसद्मा १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट पेश, भित्र के–के छ ? (पूर्णपाठसहित)

संसद्मा १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट पेश, भित्र के–के छ ? (पूर्णपाठसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट संसद्मा पेश गरेका छन् ।

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षका लागि विनियोजन र स्रोत व्यवस्थापनको अनुमान सार्वजनिक गरेका हुन् ।

अर्थमन्त्री पौडेलका अनुसार आगामी आर्थिक वर्षमा चालूतर्फ ११ खर्ब ९० अर्ब ९८ करोड (६०.१ प्रतिशत), पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ९९ करोड २०.८ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड १९.१ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।

बजेट अनुमान चालू आर्थिक वर्षको विनियोजनको तुलनामा ५.६ प्रतिशत र संशोधित अनुमानको तुलनामा १८.२ प्रतिशतले बढी हो । कूल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

राजस्व र वैदेशिक सहायता परिचालन गर्दा अपुग हुने खुद ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट व्यहोरिने अर्थमन्त्री पौडेलले जनाएका छन् ।