बजेटमा बाँदर, बँदेल, निलगाई नियन्त्रणको योजना

बजेटमा बाँदर, बँदेल, निलगाई नियन्त्रणको योजना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले २ वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने नीति लिएको छ ।

बिहीबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा यसका लागि विभिन्न कार्यक्रमको व्यवस्था गरिएको बताएका हुन् ।

उनले भने, ‘२ वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने नीति लिएको छौं । बजेटमा यसका लागि विभिन्न कार्यक्रमको व्यवस्था गरिएको छ ।’

प्राङ्गारिक मलको प्रवद्र्धन गरी अग्र्यानिक फलफूल र तरकारीको उत्पादन गरिने पनि जानकारी दिए ।

अर्थमन्त्री पौडेलका अनुसार विभिन्न जिल्लामा समस्याका रूपमा रहेको बाँदर, बँदेल, निलगाईको नियन्त्रण गरिने र प्रभावित क्षेत्रमा अदुवा लगायत खेती प्रवद्र्धन गरिने भएको छ ।

४ करोड २८ लाख माछाका भूरा उत्पादन गरिने कार्यक्रम पनि बजेटबाट आगामी वर्षमा ल्याउन लागिएको उनले जानकारी दिए ।