ललितपुर – ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार बराबरको बजेट विनियोजन गरेको छ ।
मंगलबार ललितपुर महानगरपालिकाले सातौं नगर सभामा उपप्रमुख मञ्जली शाक्य बज्रचार्यले बजेट प्रस्तुत गरेकी हुन् ।
उनले यस वर्षको वजेट समावेशी, नीतिलाई सम्बोधन गर्ने र सबैको अपनत्व हुने गरी ल्याउने कोसिस गरेको बताइन् ।
देशको समग्र अर्थतन्त्र नाजुक रहेको भन्दै यो उनले बजेट सुखद रहेको बताइन् । ‘देशको अर्थतन्त्र नाजुक रहेको र संघीय तथा प्रदेश सरकारबाट विगतमा दिँदै आएको अनुदान समेत कटौती भएको परिवेक्षमा यो रकम बराबरको बजेट प्रस्ताव गर्नु हाम्रो लागि सुखद हो,’ उनले भनिन् ।
आगामी आर्थिक वर्षको चालू खर्चतर्फ २ अर्ब ९६ करोड ६४ लाख १८ हजार विनियोजन गरेको उनले जानकारी दिइन् ।
यस वर्षको बजेटले समग्र वर्ग, भूगोल, जाति, महिला, अपाङ्गता भएका व्यक्तिहरू, ज्येष्ठ नागरिक, बालबालिका लगायत सम्पूर्णलाई सम्बोधन गरी थप विश्वास जित्न सफल हुने उनले दाबी गरिन् ।
उनको अनुसार अघिल्लो वर्ष कूल खर्च ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजार रहेको थियो भने सोमध्ये चालू खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार र पूँजीगतर्फ ४ अर्ब ६७ करोड ९४ लाख २३ हजार विनियोजन भएको थियो ।
प्रतिक्रिया