बालबालिकाको मुटुको उपचार निःशुल्क, दुई लाख रोजगारी सिर्जना गर्ने


काठमाडौं – सरकारले सामाजिक सुरक्षा भत्तालाई निरन्तरतालाई निरन्तरता दिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै हाल दिइँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइएको बताएका हुन् ।

त्यस्तै अर्थमन्त्री खतिवडाले सबै बालबालिकाको मुटुको उपचार निःशुल्क गर्ने बताए स्वास्थ्य पूर्वाधार विकासका लागि १२ अर्ब ४६ करोड विनियोजन गरिएको बताए ।

त्यस्तै सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १० अर्ब ६० करोड विनियोजन गरेको छ ।

कोरोना महामारीले बेरोजगारी बढ्ने देखिएपछि प्रधानमन्त्री रोजगार कार्यक्रमबाट थप दुई लाख रोजगारी सिर्जना गर्ने उद्देश्यसहित १० अर्ब ६० करोड बजेट विनियोजन गरेको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

सरकारले श्रम गन्तव्य मुलुकमा रोजगार गुमाएका नेपालीलाई स्वदेश फिर्ताका लागि बजेट व्यवस्था गरेको छ ।

सरकारले करिब २५ हजार नेपाली नागरिकलाई स्वदेश फर्काउने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement