४६ स्थानीय तहले अझै ल्याएनन् बजेट

४६ स्थानीय तहले अझै ल्याएनन् बजेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – असार १० भित्र सबै स्थानीय तहले आआफ्ना सभामा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि अझै ४६ वटा स्थानीय तहले बजेट पेस गरेका छैनन् ।

कतिपय दुर्गम क्षेत्रका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत तथा लेखा प्रमुख नहुँदा बजेट आउन सकेको छैन भने कतिपयमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको विवाद कायम रहँदा निर्धारित समयमा बजेट प्रस्तुत हुन नसकेको जनाइएको छ ।

प्रमुख–उपप्रमुख बीचको आन्तरिक द्वन्द्व तथा केही स्थानीय तहमा जनप्रतिनिधिको निधन भएकाले सभामा बजेट पेस हुन नसकेको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्र प्याकुरेलले जानकारी दिनुुभयो ।

असार १० सम्म ८७ वटा स्थानीय तहले सभामा आगामी वर्षको नीति, कार्यक्रम र बजेट पेस गर्न सकेका थिएनन् । यो सङ्ख्या घटेर अहिले ४६ भएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।