यस्तो छ सरकारले ल्याउन लागेको बजेट ?


काठमाडौंं – दुईतिहाइ मत रहेको वामपन्थी सरकारको पहिलो बजेट आज (मंगलबार) सार्वजनिक हुँदै छ। अर्थमन्त्री डा. युवराज खतिवडाले ४ बजे संसद्‍मा बजेट पेस गर्दै छन्।

सरकारसँगै योजना आयोग गठनमा भएको ढिलाइका कारण आगामी आवको बजेट निर्माणको काम ढिला गरी थालिएको थियो। सोमबार रातिसम्म बजेटले पूर्ण आकार नलिएको अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. रामशरण खरेलले बताए। ‘बजेटको अन्तिम आकार दिँदा मंगलबार बिहान ७ बज्छ होला। त्यसपछि बजेट पुस्तिका छाप्नका लागि प्रेसमा जान्छ’, उनले भने।

ठूला आयोजनालाई संघीय सरकारमा राखेर विशेष बजेटको व्यवस्था गरिएको यस पटकको बजेटले साना आयोजना प्रदेश र स्थानीय सरकार मातहतमा लैजाने सोच अघि सारेको छ। ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने नारालाई केन्द्रमा राखेर बनाइएको बजेटमा वाम गठबन्धनको चुनावी घोषणा र वामदेव गौतम कार्यदलले दिएको प्रतिवेदनलाई आधार बनाइएको छ। आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement