काठमाण्डु – बुढीगण्डकीमा आएको बाढीले गोरखाको चुमनुब्री गाउँपालिका–३ सल्लेरीमा निर्माणाधीन जलविद्युत् परियोजनाको क्याम्प बगाएको छ । बाढीले केही उपकरणसमेत बगाएको छ ।
३४१ मेगावाटको अर्धजलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बाढीले बगाएको हो । आयोजना निर्माण गर्न कुल ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।
यता बुढीगण्डकीको बाढीले गोरखाको आरुघाट गाउँपालिकास्थित सोती र मान्वु जोड्ने मोटरेबल पुल बगाएको छ ।
आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङका अनुुुसार बाढीजस्तो लेदो बगेर आएको छ । ‘आरुघाटनजिकैको नदीमा ठूला ढुंगाहरू पनि थुप्रिएका छन्,’ उनले भने । बाढीको जोखिमलाई मध्यनजर गर्दै गोरखाको आरुघाट बजार खाली गराइएको छ।
नदीमा लेदो र गेग्रानसहितको ठूलो बाढी आएपछि तटीय क्षेत्रमा जोखिम बढेको आशंकामा स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो।
आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पुल बगाएको छ ।प्रहरीका अनुसार धार्चे गाउँपालिका–३ सल्लेरीका २० देखि २२ वटा घर जोखिममा रहेका छन् ।
बाढीले चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत-सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल पनि बगाएको छ । सोही वडाको सिर्दिबास निवासी रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ ।
त्यस्तै, धार्चे गाउँपालिका–५ माछाखोलाबाट केरौंजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ । माछाखोलाको तल्लो बस्तीका ५ देखि ७ वटा घर र त्यति नै संख्यामा रहेका टहरामा बाढी पसेको प्रहरीले जनाएको छ ।
यसैगरी, बाढीले गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकाका विभिन्न बस्तीमा क्षति पुर्याएको छ । चुमनुब्री गाउँपालिका–३, सिर्दिबास र आसपासस् बाढीले सल्लेरी, पैयुँ र जगत बगरका १० भन्दा बढी घर बगाएको वडाध्यक्ष रामकुमार गुरुङले बताए ।
सिर्दिबासका स्थानीय रामबहादुर गुरुङको एउटा कच्ची घर बगेको र अर्को घरमा बाढी पसेको विवरण छ ।
न्याक्चेत र फिलिम बजार जोड्ने पुल पनि बगेको छ ।
धार्चे गाउँपालिका–५, माछाखोलास् माछाखोलाबाट केरौँजा जोड्ने झोलुङ्गे पुलसमेत बगाएको छ । यस्तै धार्चे गाउँपालिका–३, सल्लेरीमा २०–२२ वटा घर जोखिममा छन् ।
यस्तै बाढीले गोरखको धार्चे गाउँपालिका–५ स्थित माछाखोला बजारका केही घर बगाएको छ । माछाखोला र केरौँजा जोड्ने झोलुंगे पुलसमेत बगाएको स्थानीय धनकुमार गुरुङले जानकारी दिए ।



प्रतिक्रिया