बुढीगण्डकीको मुआव्जा माग्दै बाबुराम भट्टराई बसे धर्ना


काठमाडौं – पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई बुढीगण्डकी जलविद्युत् आयोजनाबाट विस्थापित हुने बजार क्षेत्रको मुआब्जा माग्दै धर्नामा बसेका छन् ।

गोरखा र धादिङ जिल्लाका विस्थापित हुने बजारहरू आरखेत, आरुघाट, खहरे लगायत बजार क्षेत्रको मुआव्जा वितरणमा ढिलाइ भएको भन्दै स्थानीयले बिहीवार जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना दिएका छन् । स्थानियको सो धर्ना कार्यक्रममा ऐक्यवद्धता जनाउँदै डा. भट्टराई पनि सहभागी भएका हुन् ।

डा. भट्टराईले ट्विट गर्दै भनेका छन्, ‘बुढीगण्डकी परियोजनाको मुआब्जा वितरणमा लामो समयदेखि भएको ढिलाइ अन्त्य गर्न र तुरून्त उचित मुआब्जा वितरण गर्न दबाब दिन गोरखा जिल्ला प्रशासन कार्यालय अगाडि जनप्रतिनिधिहरू र सरोकारवालाहरूको धर्ना । यो महत्त्वपूर्ण राष्ट्रिय गौरवको परियोजनाका समस्या हल गर्न सरकारको तुरून्त ध्यान पुगोस् !’ ।

प्रतिक्रिया दिनुहोस
Advertisement