बजेट खर्चमा निराशा, ६ महिनामा २८ प्रतिशत मात्र खर्च


काठमाडौं–पछिल्लो ६ महिनामा बजेट खर्चमा निराशा देखिएको छ।

चालु आर्थिक वर्ष २०७५-०७६ को अर्धवार्षिक समीक्षामा अर्थ मन्त्रालयले गत साउनदेखि पुस मसान्तसम्म ३ खर्ब ७५ अर्ब ८२ करोड अर्थात् कुल बजेटको २८.६ प्रतिशत मात्र खर्च भएको जानकारी दिएको हो।

सो अवधिमा पुँजीगततर्फ ५५ अर्ब ५२ करोड ३ लाख अर्थात् १७.७ प्रतिशत र चालूतर्फ २ खर्ब ९६ अर्ब ५७ करोड ५९ लाख अर्थात् ३५.१ प्रतिशत खर्च भएको छ ।

अर्थ मन्त्रालयका अनुसार आवको पहिलो ६ महिनासम्मको औसत मुद्रास्फिति ४.२ प्रतिशत रहेको छ। यस अवधिमा विप्रेषण आप्रवाह ३०.२ प्रतिशतले वृद्धि भई ४ खर्ब ४३ अर्ब ३६ करोड पुगेको छ भने खुद ट्रान्सफर आय २८.७ प्रतिशतले बढी ५ खर्ब ५ अर्ब ४३ करोड भएको छ।

सरकारका अनुसार यस अवधिमा कुल वस्तु निर्यात १०.३ प्रतिशतले वृद्धि भएको छ भने कुल वस्तु आयात ३०.५ प्रतिशतले वृद्धि भएको छ। कुल व्यापार घाटा ३२.१ प्रतिशतले वृद्धि भई ६ खर्ब ७८ अर्ब ५३ करोड पुगेको छ।

व्यापार घाटा निरन्तर चुलिँदा शोधनान्तर स्थिति ६३ अर्ब ६८ करोडले घाटामा रहेको अर्थले जनाएको छ। आर्थिक वर्ष २०७५(०७६ को पहिलो छ महिनासम्म सरकारसँग १० खर्ब ५८ अर्ब २० करोड रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति रहेको छ। यो रकम ८।९ महिनाको वस्तु आयात र ७।८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

प्रतिक्रिया दिनुहोस
Advertisement