सांसद विकास कोषको बजेट घट्यो


काठमाडौं – सरकारले स्थानीय विकास साझेदारी कार्यक्रम अर्थात सांसद विकास कोषको रकम घटाएको छ । सरकारले ६ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै कार्यक्रम अन्तर्गत एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक निर्माण गरिने बताए ।

सरकारले अघिल्लो आर्थिक वर्षमा प्रति निर्वाचन क्षेत्रका लागि ६ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो । तर, हाल घटेर ४ करोडमा झरेको हो ।

यो बजेट चालु आर्थिक वर्षको तुलनामा ३ अर्ब ३० करोड रुपैयाँले कम हो । सरकारले चालु आर्थिक वर्षमा यस कार्यक्रमका लागि ९ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement