काठमाण्डु– सरकारले आजबाट काठमाण्डुका अतिक्रमित तथा नदी किनारका बस्ती खाली गराउँदैछ ।
बागमती तथा सहायक नदी किनारमा रहेका बस्ती हटाउका लागि ६ वटा बुलडोजर तयारी अवस्थामा राखिएको छ ।
टेकुस्थित कालोपुल अगाडिबाट यी डोजरहरू नदी किनारतर्फ लागेका छन् । सरकारले डोजर चलाउने तयारी गरेका स्थानहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

आजदेखि टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु, माछापोखरीलगायतको ठाउँमा अतिक्रमित जग्गा खाली गरिने छ ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डुले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो ।
आजबाट काठमाण्डुका दर्जन बढी बस्तीमा डोजर चल्ने, सुकुमबासीले सरकारविरुद्ध चरणवद्ध आन्दोल गर्ने










प्रतिक्रिया