भाइटीकाको दिन काठमाण्डु उपत्यकामा प्रहरीको निःशुल्क बस चल्ने


काठमाण्डु – दीपावलीको भाइटीकाको दिन नेपाल प्रहरीले उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

प्रहरीले २ वटा सिफ्टमा ४ वटा बस सञ्चालन गर्ने जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले बताए ।

बिहान साढे ८ बजेदेखि पहिलो सिफ्ट र ४ बजेदेखि दोस्रो सिफ्ट प्रहरी प्रधान कार्यालय सवारी महाशाखाबाट सञ्चालन हुने गरी रुट निर्धारण गरिएको छ ।

बा१ग २५९१ र बा१ग २६०८ नम्बरको बसले पहिलो सिफ्टमा सेवा दिनेछन् । ती बसहरू नक्सालबाट निस्केर बालाजु, सातदोबाटो र सूर्यविनायकसम्म पुगेर नक्साल फर्किने जनाइएको छ ।

अपराह्न ४ बजेपछि ती बसहरूले नक्साल हुँदै कलंकी र भक्तपुरको सूर्यविनायकसम्म पुगेर सेवा दिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement