संखुवासभाबाट दमक जाँदै गरेको बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो (अपडेट)


संखुवासभा – संखुवासभामा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । संखुवासभाबाट झापाको दमकतर्फ जाँदै गरेको यात्रुबहाक बस मादी नगरपालिका थुलुङ–६ मा दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ।

मृतकहरुको पहिचान भने भइसकेको छैन । उक्त बसमा करिब २५ जना यात्रु रहको अनुमान छ। स्थानीयले ५ जनाको जीवितै उद्धार गरेका छन्। संखुवासभाका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले १३ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। प्रमुख जिल्ला अधिकारी खतिवडाले अहिले पनि उद्धार कार्य जारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement