धादिङमा बस दुर्घटना, एक जनाको मृत्यु

धादिङमा बस दुर्घटना, एक जनाको मृत्यु

फाइल तस्विर ।

काठमाण्डु-भक्तपुरबाट तीर्थयात्री बोकेको बस धादिङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

भक्तपुरबाट चितवनको देवघाट तर्फ जाँदै गरेको बा ३ ख ८९२३ नं.को बस आफै अनियन्त्रित भई धादिङको थाक्रे गाउँपालिका–७ सातकिलास्थित पृथ्वीलोकमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा दोलखा भिरकोट गाउँपालिकाका ५० वर्षीया पार्बती काफ्लेको नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।