नवलपरासी बस दुर्घटना अपडेट : मृतक ५ जनाको पहिचान खुल्यो

नवलपरासी बस दुर्घटना अपडेट : मृतक ५ जनाको पहिचान खुल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नवलपरासीको दाउन्नेमा यात्रुवाहक बस दुर्घटना मृत्यु भएका ६ जना मध्ये ५ जनाको पहिचन भएको छ ।

दुर्घटनामा १२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अनिल पण्डितका अनुसार दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये ५ जनाको पहिचान खुलेको छ भने एक जनाको पहिचान खुल्न बाँकी छ ।

बसमा चालकसहित १८ जना सवार थिए। दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ।

पहिचान खुल्नेमा जाजरकोट भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दिपेन्द्र केसी, बाजुराको स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी, बाँकेको कोहलपुर नगरपालिका–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगन्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजिया छन् ।

पहिचान खुल्न बाँकी मृतक अन्दाजी ४२ वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डन्डा र भरतपुर अस्पताल लगिएको छ ।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा शनिबार बिहान नेपालगन्जबाट काठमाण्डु आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको यात्रुवाहक बस पल्टिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते हुनेमा गोरखा नगरपालिका–९ का ३० वर्षीय हरिशरण थापा, अछामको मंगलसेन नगरपालिका–६ का २८ वर्षीय तेजेन्द्रप्रसाद भण्डारी, बर्दियाको ठाकुरबाबा नगरपालिका–१ की २० वर्षीया आकृती, बाजुराको स्वामीकार्तिक गाउँपालिका–५ का ३२ वर्षीय पवन बुढा, बर्दियाको राजापुर नगरपालिका–९ का २८ वर्षीय सञ्जय थारु छन् ।

त्यसैगरी बाजुराको स्वामीकार्तिक गाउँपालिका–१ का २५ वर्षीय प्रेम बम, ललितपुरको कुञ्ज्योसोम गाउँपालिका–५ का २९ वर्षीय अनोज खत्री, बर्दियाको बाँसगढी नगरपालिका–७ का ३६ वर्षीय लालबहादुर कार्की, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ का ४८ वर्षीय अस्लाम भगवान र सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ का २१ वर्षीय अनिल बुढाथोकी घाइते छन्।