धनगढीबाट बझाङ जाँदै गरेको बस डडेलधुरामा दुर्घटना ५ को मृत्यु, २५ भन्दा बढी घाइते


काठमाडौँ – डडेल्धुरामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने,२५ भन्दा बढी घाइते भएका छन्। बुधबार बिहान बस सडकबाट खोल्सामा खसेको हो ।

डडेलधुरा जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३१ नम्बरको डडेलधुराको गन्यापधुरा गाउँपालिका-१ साहुखर्कमा बिहान४ः५० बजे दुर्घटना भएको हो। दुर्घटनामा दुई महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको छ।

बस भिरालो सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ।मृततको सनाखत हुन सकेको छैन। घाइतेहरूलार्ई उद्धार गरी अस्पताल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement