पुरानाे बस पार्क चार दिन बन्द हुने


काठमाडौं – काठमाडौंको खुलामञ्चस्थित बसपार्क आजबाट ४ दिनसम्मको लागी बन्द गरिएको छ ।

काठमाडौं महानगरपालिकाले बसपार्क गेटमा सूचना टास गर्दै बिमस्टेक सम्मेलनको पूर्व तयारी, ट्राफिक व्यवस्थापन र बसपार्क मर्मतका लागि भन्दै १२ देखि १५ गतेसम्म बसपार्क बन्द गरिने जनाएको छ। बसपार्क बिहान ६ देखि बेलुका ६ बजेसम्म बन्द रहने जनाइएको छ ।

यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक सूचना जारी गर्दै अरनिको राजमार्ग हुँदै खुलामञ्च आउने ठुला यात्रु बहाक सवारी साधनलाई कोटेश्वरबाटै डाइभर्सन गरी सातदोबाटो, कलंकी, हुँदै नयाँ बसपार्क तर्फ पठाइने जनाएको छ ।

यता साँखु, बौद्ध, चावहिल, थानकोट लगायतका स्थानहरुबाट खुलामञ्चस्थित बसपार्कमा आउने सवारी साधनहरुलाई भने रत्नपार्क वरपर पिक एण्ड ड्रप मात्रै गर्ने व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement