झापाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खस्यो


काठमाडौं – झापाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खसेको छ । आइतबार बिहान बस गजुरी गाउँपालिका–६ बन्छेटारमा खसेको हो । यात्रुबहाक बस त्रिशुली नदीमा खस्दा हालसम्म ३ जनाको शव भेटिएको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

प्रहरीका अनुसार उद्दार कार्य भइरहेको छ । प्रहरी घटनास्थल पुगी मृतक र घाइतेहरुको खोजी तथा उद्धार कार्य सुरु गरिसकेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस
Advertisement