१० महिनामा ११ खर्ब घाटा

१० महिनामा ११ खर्ब घाटा

File photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विलासिताका वस्तुको आयात र कृषिको परनिर्भरताले मुलुकको व्यापार घाटा बढेको छ। १० महिनामा ११ खर्ब व्यापार घाटा भएको छ। भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको १० महिनामा १२ खर्ब ५६ अर्ब ६७ करोडको व्यापार भयो। त्यसमा आयात ११ खर्ब ७८ अर्ब १३ करोड र निर्यात ७८ अर्ब ५३ करोड रुपैयाँको भएको छ। जसमध्ये १० खर्ब ९९ अर्ब ६० करोड घाटा भएको हो। अघिल्लो वर्षको १० महिनाको तुलनामा २०।०६ प्रतिशतले व्यापार घाटा बढेको छ।

आर्थिक वर्ष २०७४्७५ को १० महिनामा व्यापार घााटा ९ खर्ब १५ अर्ब ९० करोड पुगेको थियो। विज्ञका अनुसार व्यापार घाटा बढ्नुमा मुख्यतः आयात वृद्धि नै हो। ‘निर्यात बढ्नुपथ्र्यो, उच्च दरले वृद्धि हुन सकेको छैन’, पूर्वअर्थसचिव शान्तराज सुवेदीले भने, ‘आयात र निर्यातबीचको ‘ग्याप’ बढी भयो।’

व्यापार घाटालाई निरुत्साहन गर्न स्वदेशी वस्तु उत्पादन गरी आयात घटाउने नीति बनाउनुपर्ने सुवेदीले बताए। ‘विलासिताका वस्तुको आयात बढ्दो छ’, उनले भने, ‘त्यसो हुँदा आयात–निर्यातको अन्तरमा कमी हुन सक्छ।’ १० महिनाको अवधिमा ११ खर्ब ७८ अर्ब १३३ करोडको आयात भएको थियो। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।