लगानीकर्तालाई कृषि व्यवसायमा आकर्षित गर्न राजधानीमा मेला


काठमाडौं– नयाँ लगानीकर्तालार्इ कृषि व्यवसायमा आकर्षित गर्न राजधानीमा तीन दिने कृषि, व्यापार र लगानी प्रदर्शनी सम्मेलन हुने भएको छ।

 

मेला आगामी भदौ २९ गतेदेखि ३१ गतेसम्म कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुन लागेको हो।

 

कृषि उद्यमकर्ता विकासका लागि सहयोगका साथै प्राविधिक र वित्तीय सहयोग पुर्याउने मेलाको उद्देश्य रहेको आयोजकले बताएको छ।
मेलामा एक सय २० वटा स्टल रहने छन्।

 

स्टलहरुमा कृषि, बागवानी, वनस्पती, पोल्ट्री, पशु र नगदलेबालीका बारेमा जानकारी दिइने बताइएको छ।मेला करीव तीस हजारले अबलोकन गर्ने अनुमान गरिएको छ।मेलामा कृषि विभाग, पशुपंक्षी विभाग,अन्तराष्ट्रिय श्रम संगठन, नेपाल कृषि व्यवसाय केन्द्र, नेपाल डेरी संघ, नेपाल चिया र कफी बोर्डको सहभागिता रहेको छ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement