बुटवलमा विप्लव नेतृत्व नेकपाको कार्यालयमाथि प्रहरीले डोजर चलायो

बुटवलमा विप्लव नेतृत्व नेकपाको कार्यालयमाथि प्रहरीले डोजर चलायो


बुटवल– बुटवलको पाल्पारोडस्थित नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीको कार्यालयमाथि प्रहरीले डोजर चलाएको छ ।

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुले केही दिन अगाडी सो कार्यालयमा ताला लगाएर पार्टीसँग सम्बन्धित सबै सामानहरु कब्जामा लिएको थियो । उक्त भवन विगत १३ बर्षदेखि पार्टी कार्यालयको रुपमा प्रयोगमा आएको थियो ।

उक्त दुईतर्ले रातो घर’ अहिले प्रहरीले भत्काइरहेको छ ।सुरुमा तत्कालीन नेकपा (माओवादी)को कार्यालय रहेको सो भवनलाई केही समय वैद्य नेतृत्वको माओवादीले समेत उपयोगमा ल्याएको थियो । त्यसपछि विप्लव नेतृत्वको नेकपाले सो भवनलाई कार्यालयको रुपमा सञ्चालनमा ल्याएको थियो ।