नवलपरासीमा सडक फेरि बन्द, खोलाले बस बगायो, यात्रुको सकुशल उद्धार

नवलपरासीमा सडक फेरि बन्द, खोलाले बस बगायो, यात्रुको सकुशल उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नारायणगढ–बुटवल सडकखण्ड फेरि बन्द भएको छ । बिहीबार बेलुकी एकतर्फी खुलेको सडक रातिदेखि दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । प्रहरीका अनुसार गएराति विनयी खोलामा बाढीले डाइभर्सनसँगै एउटा बस पनि बगाएको छ ।

काठमाण्डुबाट नेपालगञ्जको लागि छुटेको बस डाइभर्सनसँगै थोरै बगेको र यात्रुलाई सकुशल उद्धार गरिएको हो । दाउन्ने र दुम्कीबास क्षेत्रमा पानी पर्नेबित्तिकै सडक हिलो र चिप्लो भएर जाम र दुर्घटनाको जोखिम भएकोले वैकल्पिक रुटको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले आग्रह गरेको छ ।

पूर्वबाट पश्चिम जाने गाडी नारायणगढ–मुग्लिन–पोखरा–स्याङ्जा–बुटवल हुँदै र काठमाण्डुबाट पश्चिम जाने गाडी मुग्लिन–पोखरा–स्याङ्जा–बुटवल हुँदै जान प्रहरीको आग्रह छ । पश्चिमबाट पूर्व जाने गाडीले बुटवल–स्याङ्जा–पोखरा–मुग्लिन तथा साना गाडीले अवस्था बुझेर कालीगण्डकी करिडोर अन्तर्गत गैँडाकोट–पिपलडाँडा सडकको विकल्प प्रयोग गर्न सक्ने प्रहरीको भनाइ छ ।

यस्तै अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशीमा पहिरोका कारण ५ दिनअघि बन्द भएको सडक अझै खुलेको छैन । भेरी करिडोर अन्तर्गत डोल्पाको त्रिपुरासुन्दरीमा पनि बाढीको कारण सडक अवरुद्ध भएको छ ।