काठमाण्डु-सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा आजदेखि रातिको समयमा गाडी चलाउन स्थानीय प्रशासनले रोक लगाएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झन्डै ५० मिटर सडक भासिएकाले सम्भावित क्षति हुन नदिन काम सकेर अर्को सूचना नआएसम्मका लागि रातिको समयमा गाडी चलाउन रोकिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म सबैखालका गाडीको आवतजावत बन्द गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताए । उनका अनुसार आज बिहानैदेखि मर्मतको काम भइरहेको छ । सकेसम्म छिट्टै काम सकेर भोलिदेखि नै पूर्णरुपमा खुलाउने तयारी रहेको उनको भनाइ छ । बाटो बन्द गरिएको समयमा अत्यावश्यक गाडीले मर्मतको काम भइरहेको ठाउँमा खटिएका प्राविधिकसँग बुझेर यात्रा गर्न सक्ने पनि प्रमुख जिल्ला अधिकारी काफ्ले उज्यालोलाई जानकारी दिए ।
हिउँदे खोला खण्डमा सडक भासिएको छ । डाइभर्सनका लागि सडक डिभिजन कार्यालयबाट मर्मतको काम हुँदै आएको छ । त्यहि ठाउँमा दुई वर्ष अघि पनि सडक भासिएर एक हप्तासम्म गाडी चलाउन समस्या भएको थियो ।
प्रतिक्रिया