ब्वाँसोको आक्रमणबाट ८ जनाको मृत्यु

ब्वाँसोको आक्रमणबाट ८ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–भारतीय राज्य उत्तर प्रदेशमा पछिल्लो दुई महिनामा ब्वाँसाको आक्रमणबाट आठ जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेशको बहराइच जिल्लामा ब्वाँसोले आठ गाउँमा आठ जनाको ज्यान लिएपछि सरकारले गोली हान्न आदेश जारी गरेको छ।

हिंस्रक ब्वाँसाको आक्रमणले स्थानीयमा त्रास फैलिएको छ।

ब्वाँसाको पक्रिन नसकेपछि अहिले ‘मार्ने आदेश’ दिइएको हो।

यसका लागि तीनजना सशस्त्र प्रहरी खटाइएको छ।

राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन, १९७२ को धारा ११ ९१० ए द्वारा प्रदत्त अधिकारको प्रयोगमा यो आदेश जारी गरिएको बीबीसी हिन्दीले जनाएको छ।