काठमाण्डु– वाणिज्य बैंकहरूले भदौ महिनाका लागि निक्षेपको ब्याजदर थप घटाएका छन्। २० वाणिज्य बैंकमध्ये ५ बैंकले ब्याजदर घटाएका छन् भने १५ बैंकले साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
भदौमा व्यक्तिगत निक्षेपको औसत अधिकतम ब्याजदर ४.१६७५ प्रतिशतबाट घटेर ४.१३६ प्रतिशतमा झरेको छ भने संस्थागत निक्षेपको औसत दर ३.०८१ प्रतिशत कायम भएको छ।
भदौमा ५ वाणिज्य बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन्। सिद्धार्थ बैंकले सबैभन्दा धेरै ०.२९ प्रतिशतले घटाएर ३.७६ प्रतिशत कायम गरेको छ। नेपाल बैंकले ४.१५, सिटिजन्स बैंकले ३.८५, कुमारी बैंकले ३.७६ र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३.८ प्रतिशत ब्याजदर कायम गरेका छन्।
यता, नबिल र प्रभु बैंकले व्यक्तिगत निक्षेपमा सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याजदर कायम गरेका छन्।





प्रतिक्रिया