उपनिर्वाचनमा मोदीलाई धक्का, १३ मध्ये २ सिटमा मात्रै एनडीएलाई

उपनिर्वाचनमा मोदीलाई धक्का, १३ मध्ये २ सिटमा मात्रै एनडीएलाई


काठमाण्डु-भारतको सात राज्यमा १३ विधानसभा सिटमा भएको उपर्विाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेसनल डेमोक्रेटिक एलायन्स (एनडीए)लाई धक्का लागेको छ ।

१० जुलाईमा १३ विधानसभा सिटमा भएको निर्वाचनमा भारत गठबन्धनले १० सिट जितेको छ भने भाजपा नेतृत्वको एनडीएले मात्र दुई सिट जितेको छ । एक सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

भारतीय गठबन्धनमा कांग्रेसले चार सिटमा जितको झण्डा फहराएको छ भने तृणमूल कांग्रेसले चार सिट, डीएमके र आम आदमी पार्टीले एक–एक सिट जितेको छ ।

पश्चिम बंगालका चारै सिट तृणमूल कांग्रेसले जितेको छ भने बिहारको रुपौली सिट स्वतन्त्र उम्मेदवार जितेका छन् ।