नेपालले पहिले भिसा नोटका कारण राजिनामा दिए,अहिले भारतको समर्थनमा बोल्दा पद गुमाए

नेपालले पहिले भिसा नोटका कारण राजिनामा दिए,अहिले भारतको समर्थनमा बोल्दा पद गुमाए


काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जिवी नेपालले राजीनामा दिएका छन् । यसअघि राष्ट्र बैंकका गर्भनर समेत भइसकेका नेपाल नेपाली कांग्रेससंग आवद्ध छन् । सरकारले सय रुपैयांको नोटमा चुच्चे नक्सा राख्ने निर्णयको उनले सार्वजनिक रुपमै विरोध गरेका थिए । सल्लाहकार नेपालले सार्वजनिक पदमा बसेर नेपालको हित विपरित बोलेको भन्दै उनको सर्वत्र आलोचना भएको थियो ।

राष्ट्रपतिका सल्लाहकार नेपालले सय रुपैयांको नोटमा चुच्चे नक्सा राख्ने निर्णयलाई असान्दर्भिक र अविवेकी निर्णय भएको आरोप लगाएका थिए । उनले छिमेकिलाई यसमा चिढाउन नहुने अभिव्यक्ति दिएपछि नागरिक अगुवाहरुले समेत संयुक्त वक्तव्य नै जारी गरेर विरोध जनाएका थिए । नेपालको अभिव्यक्तिको सत्तारुढ दलका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत विरोध गरेका थिए । उनले राष्ट्रपतिको सल्लाहकारजस्तो व्यक्तिले देशको हितविपरित अभिव्यक्ति दिएको भन्दै उनलाई तुरुन्त पदबाट बर्खास्त गर्न भनेका थिए ।

राष्ट्रपतिको आर्थिक सल्लाहकारबाट राजिनामा दिएका नेपाल नेपाली कांग्रेसमा कोइराला परिवार निकट हुन् । उनी यसअघि प्रधानमन्त्री माधव नेपाल हुंदा तत्कालिन परराष्ट्रमन्त्रीको सल्लाहकार नियुक्त भएका थिए । सामान्यतयाः परराष्ट्रमा मन्त्रीको सल्लाहकार नहुने प्रचलन भएपनि नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको सिफारिसमा उनलाई सुजता कोइरालाको सल्लाहकार बनाइएको थियो ।

तत्कालिन परराष्ट्रमन्त्री कोइरालाले सचिव मदन भट्टराईलाई डोल्पा र हुम्लाका दुई जनालाई जापानको भिषाका लागि सिफारिस गर्न भनेका थिए । तर, भट्टराईले त्यसो गर्न नमिल्ने भनेपछि उनले सल्लाहकार नेपाललाई मिलाउन निर्देशन दिएकी थिईन । परराष्ट्रमन्त्री कोइरालाको निर्देशनपछि उनले आफ्नै लेटरप्याड प्रयोग गरेर काठमाण्डुस्थित जापानी दूतावासलाई भिसाको लागि पत्र लेखेका थिए । भिसा विवाद आएपछि भने मन्त्री कोइरालाले त्यसमा आफु अनविज्ञ भएको बताएपछि नेपाल अफ्ठेरोमा परेका थिए ।

सल्लाहकार नेपालले लेखेको पत्रका आधारमा दुवै जनाले भिसा पाएपनि उनिहरु नेपाल नफर्केपछि तत्कालिन जापानि राजदूतले प्रधानमन्त्री नेपाललाई भेटेरै सरकारको लिखित पत्र दिएर असन्तुष्टि जनाएको स्रोतको दावी छ । स्रोतकाअनुसार उनको पत्रपछि प्रधानमन्त्री कार्यालयले सचिव भट्टराईलाई बुझेको र त्यसमा सल्लाहकार नेपालको संलग्नता भएको पुष्टि भएपछि उनलाई प्रधानमन्त्री कार्यालयमै बोलाएर नेपालका प्रेस सल्लाहकार विष्णु रिजालको रोहबारमा उनले राजिनामा दिएका दिएका थिए । पछि त्यसै दिन उनको राजिनामा स्वीकृत भएको थियो ।

नेकपा एमालेका केन्द्रीय सदस्य रहेका रिजालले आइतबार सामाजिक संजालमा त्यसको पुष्टि हुने गरि स्टाटस लेखेका छन् । उनले भिसा नोटको विवादपछि नेपालले २०१० मा परराष्ट्रमन्त्रीको सल्लाहकारबाट राजिनामा दिनुपरेको विषय उल्लेख गरेका छन् ।