प्रधानमन्त्रीका सचिवसहित ६८ कर्मचारीको दरबन्दी कटौती गर्ने सरकारको निर्णय


काठमाण्डु – सरकारले मन्त्रालयका सचिवसहित ६८ कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दरबन्दी कटौतीको निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।

यसअघि देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले शासकीय पुनःसंरचना गर्ने बताएका थिए ।

स्वकीय सचिव दाहालले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सरकारले शासकीय पुनःसंरचनाको काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट आरम्भ गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारका सचिव समेत ६८ जना कर्मचारीको दरबन्दी कटौती गरेको छ । शासकीय केन्द्रमा थुप्रिने र जनसेवाका काममा जान आनाकानी गर्ने प्रवृत्तिलाई निरुत्साहित गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement