प्रेमप्रसाद आचार्यले उठाएका विषय छानबिन गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाण्डु- सरकारले संसद भवन अगाडि आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने निर्णय गरेको छ ।

आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले आचार्यले उठाएको विषयको छानबिन गर्ने जिम्मेवारी गृह मन्त्रालयलाई दिएको एक मन्त्रीले जानकारी दिए । ‘उहाँले उठाएका विषयहरुबारे गृहले छानबिन गर्छ, छिट्टै रिपोर्ट आउँछ’, ती मन्त्री भन्छन् ।

मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आचार्यले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका थिए । उनलाई प्रहरीले उपचारका लागि कीर्तिपुरको बर्न सेन्टरमा उपचारका लागि लगेको थियो । तर उनको उपचारका क्रममा आज बिहान ५ बजे निधन भएको थियो ।

आचार्यले आत्मदाह गर्नुअघि फेसबुकमा लामो स्टाटस लेख्दै आफूले पाएका हण्डर र भोगेका हैरानीबारे लेखेका थिए ।आचार्यको निधनपछि उनले उठाएका विषयबारे नागरिकस्तरमा व्यापक टिप्पणी भएको थियो । जसका कारण बुधबार बसेको मन्त्रिपरिषद्ले यो विषयमा छानबिन गर्ने निर्णय लिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement