मन्त्रिपरिषद् बैठकले गरेका यी हुन् कर्मचारी खटनपटनदेखि ५ निर्णय


काठमाण्डु – सरकारले बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिव पदमा सहसचिव गोविन्दबहादुर कार्कीलाई कायममुकायम मुकरर गरी प्रदेश प्रमुख सचिवको पदमा कामकाजमा खटाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ५ निर्णय गरेको छ ।

यी हुन् निर्णयहरू :

१) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशको प्रमुख सचिव पदमा सहसचिव श्री गोविन्दबहादुर कार्कीलाई कायम मुकायम मुकरर गरी प्रदेश प्रमुख सचिवको पदमा कामकाजमा खटाउने ।

२) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति दिने ।

३) नेपाल लेखापरीक्षण सेवाको समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा श्री बैकुण्ठबहादुर अधिकारीलाई बढुवा गर्ने ।

४) नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा श्री केदारनाथ शर्मालाई बढुवा गर्ने ।

५) राष्ट्रिय मानवअधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गर्ने ।

प्रतिक्रिया दिनुहोस
Advertisement