यी हुन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेका तीन निर्णय


काठमाण्डु- मन्त्रिपरिषद्को बैठकले तीन निर्णय गरेको छ । आज बसेको आकस्मिक बैठकले मंगलबारदेखि नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको सम्मानमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

त्यस्तै उक्त बैठकले अर्थ सचिवमा मधु मरासिनीलाई सरुवा गर्ने पनि निर्णय गरेको छ । त्यस्तै बैठकले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement