सरकारको २८औं मुख्यसचिवमा अर्याल नियुक्त, एनसेललाई शुल्क तिर्न ४ किस्ता सुविधा

सरकारको २८औं मुख्यसचिवमा अर्याल नियुक्त, एनसेललाई शुल्क तिर्न ४ किस्ता सुविधा


काठमाण्डु – सरकारले २८औं मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ ।

हाल गृहसचिव रहेका अर्याललाई बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव नियुक्त गरेको हो ।

मुख्यसचिव लिलादेवी गड्तौला ५८ वर्षे उमेर हदका कारण भदौ १५ गते अनिवार्य अवकाशमा जाँदैछिन् ।

मुख्यसचिवका लागि राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवाली, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल प्रतिस्पर्धामा थिए ।

यसैगरी सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नवीकरण शुल्क ४ किस्तामा बुझाउने गरी ५ वर्ष नवीकरण गर्ने निर्णय सरकारले गरेको छ ।