काठमाण्डु – सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर सिफारिस गर्न गठित समितिलाई पुनर्गठन गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोजक रहेको गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ ।
समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थशास्त्री डा. पोषराज पाण्डेलाई सदस्यका रूपमा समावेश गरिएको छ । यसअघि समितिमा सदस्य रहेका डा. विश्व पौडेलले राजीनामा दिएपछि पाण्डेलाई ल्याइएको छ ।
राजीनामा दिएका डा. विश्व आफैं गभर्नर बन्ने सम्भावना भएपछि सिफारिस समितिबाट राजीनामा दिएको बताइएको छ ।
प्रतिक्रिया