मन्त्रिपरिषद् बैठकले गरेका १४ निर्णयहरू सार्वजनिक

मन्त्रिपरिषद् बैठकले गरेका १४ निर्णयहरू सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले जेठ १५ र जेठ १९ गतेको बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्का निर्णय सावर्जनिक गर्दै मन्त्री गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको बताए ।

उनले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको र छानबिनको प्रक्रिया समेत अघि नबढेकाले राजीनामा दिन आवश्यक नरहेको बताए । उनले प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने धारणा राखे । दलहरूबीच निरन्तर छलफल भइरहेकाले छिट्टै समस्या समाधान हुने उनको भनाइ छ ।

उनले भने, ‘संसद् अवरुद्ध छ । संसद् अवरुद्ध हुनुको कारण चाहिँ प्रतिपक्षले गृहमन्त्रीको राजीनामा मागिरहेका छन् । अर्को छानबिन समिति गठन होस् भन्ने छ । तर गृहमन्त्रीले राजीनामा दिनु उचित लाग्छ जस्तो लाग्दैन । प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने हो । दलहरूबीच निरन्तर छलफल भइरहेकाले छिट्टै समस्या समाधान हुनेछ ।’

प्रवक्ता गुरुङले सेनातर्फ १ जना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा गर्ने र १० जना महासेनानीहरूको सरुवा गर्ने निर्णय भएको जानकारी दिए । १ जना महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ ।

जेठ २८–३० गतेसम्म चीनमा हुने एक सम्मेलनमा सहभागी हुन ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलाई स्वीकृति प्रदान गरिएको समेत उनले बताए ।

असार ३ गते अष्ट्रियाको भियनामा आयोजना हुने ओपेक विकास कोष फोरममा अर्थ मन्त्रालयका सचिवलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने लगायत १४ वटा निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।