स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवमा ढकाल र श्रेष्ठ बढुवा

स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवमा ढकाल र श्रेष्ठ बढुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको १२औं तहको अतिरिक्त सचिवमा डा. केशर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठ बढुवा भएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ढकाल र श्रेष्ठलाई बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा समितिले सिफारिस गरेका ३ जनामध्ये ढकाल र श्रेष्ठ अतिरिक्त सचिवमा बढुवा भएका एक मन्त्रीले जानकारी दिए ।

बढुवाका लागि डा. सुधा देवकोटाको नाम पनि अतिरिक्त सचिवमा सिफारिस भएको थियो ।